१९ असार २०८३, शुक्रबार

एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

काठमाडौं – एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरूसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट सञ्चालनमा आएको ‘सेल पे’ सर्भिसमा ग्राहकले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीका बिलहरू जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टीभी साथै स्कूल, रेस्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तर बैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्ने छन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै सेल पेमा ग्राहकले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।

सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नेछन्, जसबाट ग्राहकको डिजिटल बैंैंकिङको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैैंकको मुलुकभर २९५ शाखा कार्यालय, ३१९ एटीएम, ५३ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १७ लाखभन्दा बढी ग्राहक महानुभावका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । 

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंैंकले पालना गर्दै आएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्