
काठमाडौं – जापानमा ३७ वर्षीया एक महिलाका पति उनको कारको बोनेटमा झुण्डिरहेको अवस्थामा महिलाले दुई माइल गाडी हाँकेकी छन् । पतिपत्नीले बेस्सरी झगडा गरेका थिए ।
नात्सुको माकिनो नामक ती महिलाका पति कारबाट लडेपछि बल्ल उनले गाडी रोकिन् । पतिलाई गम्भीर चोटपटक लागेको छ र खप्परमा फ्र्याक्चर भएको छ ।
उनलाई ज्यान मार्ने उद्योगमा योकोहामा प्रहरीले पक्राउ गरेको छ ।
यो घटना मंगलवार बिहान भएको प्रहरीको भनाइ छ ।
आफूले गाडी चलाउँदा पति घाइते भएको कुरा महिलाले अस्वीकार गरेकी छन् र उनी आफैं लडेको दाबी गरेकी छन् ।
पतिले स्वास्थ्यलाभ नगरुन्जेल प्रतीक्षा गर्ने अनि अनुसन्धान अघि बढाउने प्रहरीको भनाइ छ ।
एजेन्सी