
चितवन – भरतपुर महानगरपालिका–१० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका–९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नम्बरको मोटरसाइकलले बिहीवार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक पनि घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका–८ बस्ने २२ वर्षीय अभिषेक शर्मा घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।