२१ जेठ २०८३, बिहीबार

तात्यो ट्राफिक - जथाभावी पार्किङ गरिएका दुईपांग्रेलाई साङ्लाले बाँध्दै ताला ठोक्दै

तात्यो ट्राफिक - जथाभावी पार्किङ गरिएका दुईपांग्रेलाई साङ्लाले बाँध्दै ताला ठोक्दै

काठमाडौँ - ट्राफिक प्रहरीले अनाधिकृत पार्किङ गरी राखेका दुईपांग्रे सवारी साधनहरूमा साङ्ला बाँध्दै हिंड्न थालेको छ ।

आइतवार दिउँसो केही ट्राफिक प्रहरीहरू ललितपुरको वडा नम्बर १० मा पर्ने कुपण्डोलमा 'नो पार्किङ'मा उभ्याइएका आधा दर्जन दुईपांग्रेलाई साङ्लाको सहायताले बाँधिरहेका भेटिए ।

'नो पार्किङ लेखिएको ठाउँमा मोटरसाइकल छोडेर हिंड्ने काम गैर-कानूनी हो,' ट्राफिक प्रहरी जवान सुवास केसीले भने, 'यसबाट यातायात अस्तव्यस्त बनेको छ । हामीले यहाँ आधादर्जन जति मोटरसाइकल र स्कुटरलाई साङ्ला बाँधेर ताला लगाएका छौं ।'

ताला लगाइएको आफ्नो सवारी लिन आउने व्यक्तिले नियमानुसार फाइन तिरेर मात्र लैजान पाउने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्