
काठमाडौं – नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका–१० मनमैजु मालपोत कार्यालयचोक नजिकको प्रतिक्षालयमा बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आइतवार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामालाई चार सेतो रङका बिनासहित पक्राउ गरिएको जानकारी दिए ।
दुवै जनासँग प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम बिना बरामद गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।