काठमाडौं १४ चैत्र - नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सीमा व्यबस्थापनका लागि भारतसँगको सीमामा काँडे तारबार लगाउन प्रस्ताव गरेका छन् । राजधानीमा जारी काँग्रेस केन्द्रीय समितिको सोमवारको बैठकमा केन्द्रीय सदस्य गुरुङले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीवाट नेपाली मारिदा पार्टी बोल्नु पर्ने बताएका हुन् ।
‘विसं २०१६ सालमा चिनियाँ सेनावाट नेपालको प्रहरी हवल्दार मारिदा बीपी कोइरालाले चीनलले माफी माग्नु पर्छ भन्ने अडान लिनुभएको थियो, पछि चीनले माफी माग्यो र क्षतिपुर्ती दियो’ गुरुङले केन्द्रीय समिति बैठकमा भने, ‘भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमबारे काग्रेस बोल्नै पर्छ, व्यबहारमा राष्टवादी बोल्नु पर्छ ।’
खुल्ला सीमानाका नाममा भारतीय पक्षवाट नेपालीमाथि भइरहेका अत्याचार सहेर बस्न नहुने उनले बताए । ‘खुल्ला सीमाना व्यबस्थापन गर्नुपर्छ र त्यसका लागि काडेबार लगाउननु पर्छ’ गुरुङले भने, ‘काडे तार लगाउदा छिमेकीबाट टाढा भइन्छ भन्ने सोच त्याग्नु पर्छ ।’ सांसद गुरुङ
नेपालका कतिपय नेता, कर्मचारी र सुरक्षाकर्मी विदेशी नियोगमा भात खान जाने गरेकोले त्यस्ता नेतालाई उनीहरुले ‘भाते’कै दर्जामा राख्ने भन्दै त्यस्तो प्रबृत्ति रोक्नु पर्ने बताए ।
राजदूत/आइजीपी प्रकरणले पार्टीलाई क्षती
केन्द्रीय सदस्य गुरुङले नेपाल प्रहरीको महानिरिक्षक र राजदूत नियुक्ती प्रकरणले सिंगो काग्रेसलाई क्षती पुगेको बताए । ‘जसरी राजदूतको सिफारिश सच्चाएर ड्यामेज कन्टोल गर्ने प्रयास गरियो, आइजीपी प्रकरणमा पनि बिथि र थितीलाई स्थापित गरेर ड्यामेज कन्ट्रोल गर्नुपर्छ ।’