१९ असार २०८३, शुक्रबार

स्थानीय निर्वाचनले देशलाई दिशानिर्देश गर्छ : रेग्मी

कात्तिक २०, २०७४
स्थानीय निर्वाचनले देशलाई दिशानिर्देश गर्छ  : रेग्मी
काठमाडौं १४ चैत्र - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेमीले स्थानीय तहको निर्वाचनलाई प्रदेश र संघसँग जोडेर हेर्न नहुने बताएका छन् । आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन भएमात्र संविधान कार्यान्वयन भएको मानिने र मुलुकमा स्थायित्व कायम हुने रेग्मीको भनाइ थियो ।
गाउँ विकास समिति राष्ट्रिय महासंघद्वारा सोमबार राजधानीमा आयोजित संघीयता र लोकतन्त्र सुदृढीकरणका लागि स्थानीय निर्वाचन विषयक अन्तक्र्रिया कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले मधेसवादी दलले निर्वाचनलाई गम्भीरता पूर्वक लिनुपर्ने उल्लेख गर्दै संविधान बनाउने दलले लचकताका साथ उपाय खोज्नुपर्ने बताएका हुन् ।

‘स्थानीइ तह एउटा स्वायत्त इकाइ हो,’ संविधानसभा निर्वाचन सम्पन्न गराउने सरकारमा प्रमुख रेग्मीले भने, ‘स्थानीय तह कसैको मातहतमा रहँदैन, संवैधानिक व्यवस्था छ ।’

अब मुलुक कता जान्छ भनेर स्थानीय तहको निर्वाचनले नै सन्देश दिने भएकाले
नेताहरु चक्न नहुने बताए । ‘संवाद र विश्वासको वातावरणका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने,‘ दलहरुले अभिभावकत्व निभाउनुको विकल्प छैन ।’

कार्यक्रममा नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले जनतालाई अधिकार सम्पन्न बनाउन निर्वाचन आवश्यक रहेको बताए ।

निर्वाचनपश्चात संविधान कार्यान्वयन हुने र संक्रमणकालको अन्त्य हुने उल्लेख गर्दै ढकालले आगामी वैशाख ३१ मै निर्वाचन गर्नुपर्ने एमालेको धारणा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्