२४ जेठ २०८३, आइतबार

लक्ष्मी बैंकको १११ औं शाखा काठमाडौंको भैसेपाटीमा

लक्ष्मी बैंकको १११ औं शाखा काठमाडौंको भैसेपाटीमा

काठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १११ औं शाखा काठमाडौंको  भैसेपाटीमा सञ्चालनमा ल्याएकोे छ ।

शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १११ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।

शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनिव्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बजारमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्