२२ जेठ २०८३, शुक्रबार

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुखको अर्को रूलिङ

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सभामुखको अर्को रूलिङ

काठमाडौं– सभामुख कृष्णबहादुर महरले मधेस तथा थरुहट आन्दोलनमा राज्यका तर्फबाट भएको भनिएको दमनबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गरेका छन् । 

झण्डै एक महिनाको अवरोधपछि सुचारु भएको प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको रुलिङ गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागगर्दै पटक पटक संसदमा आवाज उठाएको छ ।

‘लाल आयोगको प्रतिवेनको विषयमा मैले सदन समक्ष र सरकार स्वयंले सार्वजनिक गर्ने प्रतिबद्धता गरेको छ । यथाशीघ्र सार्वजनिक गर्न विशेष निर्देशन गर्छु’ महराले भने । 

मधेस आन्दोलनमा भएको दमनबारे छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा समिति गठन गरेको थियो । 

गएको फागुन २९ गते पनि सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्