०६ साउन २०८३, बुधबार

काठमाडौंको ठमेलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौंको ठमेलमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौं– महालक्ष्मी विकास बैंक लि.ले बैकिङ सेवाको पहुँच देशभर पुर्‍याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसैक्रममा बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलमा नँया शाखा कार्यालय विस्तार गरी बैंकिङ कारोवार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको संख्या ९८ पुगेको छ । 

महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनियतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरि ९८ वटा शाखाबाट ५ लाखभन्दा बढी ग्राहकहरू माझ बैकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता समेत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्