३१ जेठ २०८३, आइतबार

खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ

खुकुरी प्रहार गरी फरार अभियुक्त पक्राउ
प्रतिकात्मक तस्वीर

मुग्लिङ – चितवन प्रहरीले १ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैंडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न ४ मध्ये १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गत असार १८ गते राति ११ बजे भरतपुर–४ निवासी खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको र त्यसो नगर्न आग्रह गर्दा ४ जनाको समूहमा रहेका व्यक्तिले विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर–११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् । उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

नगदसहित ५ जुवाडे पक्राउ 

चितवनमा नगदसहिद ५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा १६ हजार ८ सय २५ रुपैयाँ नगद र १ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रनाउ कोइरालाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्