०३ असार २०८३, बुधबार

पत्रकार पुडासैनी नारायणगढको होटलमा मृत भेटिए

पत्रकार पुडासैनी नारायणगढको होटलमा मृत भेटिए
प्रतिकात्मक तस्वीर

भरतपुर – माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् ।

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् ।

उनी सोमवार दिउँसो ३ः३० बजेको समयमा होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–२ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएको थिए । यसअघि उनले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।

उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्