२४ जेठ २०८३, आइतबार

विकास निर्माणका काममा जनताको निगरानी आवश्यकः पौडेल

विकास निर्माणका काममा जनताको निगरानी आवश्यकः पौडेल

बुटवल -नेकपा महासचिव विष्णु पौडेलले विकास निर्माणमा जनताको निगरानी आवश्यक भएको बताएका छन् । उनले योजना र बजेट विनियोजन गरेको विकास नहुने भन्दै त्यसको लागि जनताले खबरदारी/निगरानी गर्नुपर्ने बताए ।

मंगलबार बुटवल कालिका क्याम्पसको अत्याधुनिक भवन शिलान्यास समारोहमा बोल्दै पौडेलले बुटवलको विकासमा आफू सदैव तत्पर रहेको र यहाँको विकासका लागि बजेट अभाव नहुने बताए ।

उनले भने ‘यस क्षेत्रमा धेरै योजनाहरु परेका छन् । केही योजना सम्पन्न हुँदैछन्, केहीको डिपिआर तयार भई सकेका छन् भने केही पर्दैछन् । तर, प्रभावकारी विकासका लागि योजना र बजेट विनियोजन मात्र भएर पुुग्दैन । समयमा गुणस्तरीय निर्माण कार्यान्वयनका लागिस्थानीय नागरिकबाट निरन्तर निगरानी र खवरदारी आवश्यक पर्दछ ।’

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले कालिका माविले बुटवल,रुपन्देही र प्रदेशमा मात्र नभई देशमै आफ्नो नाम राख्न र नमुना बन्न सफल भएको बताउँदै शिलान्यास भएको भवन समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘देशमै नम्बर एक बन्न सफल कालिका मावि उदाहरणीय शैक्षिक संस्था बनेको छ । करिब २० करोडको लागतमा बन्न लागेको यो भवनको निर्माण १८ महिनामै सम्पन्न हुनेछ । यसका लागि तिनै तहको सरकारको विशेष साथ र सहयोग हुनेछ ।’ उनले भने । उनले शिक्षाका लागि वर्तमान सरकारको तर्फबाट पनि विशेष पहल भएको बताउँदै आफूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट पनि शिक्षामा लगानी गर्ने बताए ।

कार्यक्रममा प्रदेश ५ का पर्यटन,उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश ५ को विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको र कालिका माविको विकासमा सहकार्य गर्न तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्