२५ असार २०८३, बिहीबार

उत्तर कोरियाले थप दुई क्षेप्यास्त्र परीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकालाई दियो चेतावनी (भिडियो)

उत्तर कोरियाले थप दुई क्षेप्यास्त्र परीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकालाई दियो चेतावनी (भिडियो)

काठमाडौं – उत्तर कोरियाले विगत १२ दिनमा चौथोपटक क्षेप्यास्त्र परीक्षण गर्दै अमेरिका र दक्षिण कोरियालाई चेतावनी दिएको छ । ती दुई देशले गर्न लागेको संयुक्त युद्धअभ्यासको विरोधमा उत्तरले मंगलवार दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको हो । 

छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू ह्वाङ्हे प्रान्तबाट कोरियाली प्रायद्वीपमाथि उडाइएको थियो र ती क्षेप्यास्त्र सी अफ जापानमा विसर्जन गरिए । 

क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गरेर सोमवारदेखि शुरू भएको अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास आक्रमणको पूर्वतयारी भएको बताएको छ । 

सैन्य अभ्यासले आणविक वार्तालाई बिगार्ने उत्तरको भनाइ छ । ‘हाम्रो निरन्तरको चेतावनीलाई बेवास्ता गर्दा हामी उनीहरूलाई ठूलो मूल्य चुकाउन बाध्य बनाउनेछौं,’ उसले भन्यो । 

‘संयुक्त सैन्य अभ्यासले अमेरिका र दक्षिण कोरियाली अधिकारीहरूसँग संयुक्त वक्तव्य कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति नभएको प्रमाणित गर्छ अनि उनीहरू हामीलाई शत्रुका रूपमा सामना गर्ने अडान त्यागिरहेका छैनन्,’ एक प्रवक्ताले भने । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्