मोरङ- मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि।

गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन् । सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपाश्री निरौलासँग जिस्किएका थिए।
विराटनगरकै कलाकार दीपाश्रीले अविवाहित भएको बताएपछि उद्घोषकले अर्को वर्ष भिनाजु लिएर आउनुहोस् दिदी भन्दै ठट्टा गरेका थिए।
आजको अन्नपूर्ण पोस्ट लेख्छ- गृहमन्त्री निधिले दीपाश्रीलाई जिस्क्याउँदै भने, ‘के गर्नु मेरो मेरो विवाह पहिल्यै भइहाल्यो।’ गृहमन्त्रीको ठट्टामा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थिया ।
निधिले दीपा श्रीको प्रशंसा गर्दै उनी निकै राम्रो र सबैको प्रिय कलाकार भएको बताएका थिए ।