०३ असार २०८३, बुधबार

पानी ट्याङ्कीमा एक युवकको शव फेला

पानी ट्याङ्कीमा एक युवकको शव फेला

धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पानी ट्याङ्कीमा एक युवकको लास फेला परेको छ । 

आज बिहानै किसान खेतमा जाँदा ती युवकलाई धानबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

अन्दाजी ३८ वर्षीय ती युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

मृत्यु कसरी भएको भन्नेबारे अस्पतालको रिपोर्ट आएपछि मात्र बताउन सकिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्