२१ जेठ २०८३, बिहीबार

छोरीको भेष धरेर कारागारबाट भाग्न खोज्ने कैदीको मृत्यु (भिडियो)

छोरीको भेष धरेर कारागारबाट भाग्न खोज्ने कैदीको मृत्यु (भिडियो)

काठमाडौं – ब्राजिलका एक कुख्यात लागूऔषध तस्करले आफ्नी छोरीको भेष धरेर कारागारबाट भाग्न खोजेकोमा अहिले उनी मृत फेला परेका छन् । 

क्लाउभिनो दा सिल्भाले रियो दे जेनीरोको बांगु कारागारमा ७३ वर्षे कारागार सजाय भोगिरहेका थिए । उनले छोरीको भेष धरेर भाग्न खोज्दा पक्राउ गरिएको थियो । 

गार्डहरूले उनलाई समाते र कोठरीमा फर्काए । मंगलवार उनी त्यहाँ मृत अवस्थामा पाइए । उनले तन्ना बेरेर फासी लगाइएको पाइयो । 

रियो कारागार अधिकारीहरूले यस मृत्युको अनुसन्धान शुरू गरिएको बताएका छन् । 

दा सिल्भाले शनिवार आफ्नी छोरीलाई कारागारमा बोलाएका थिए । त्यसपछि उनले कारागारबाट भाग्ने निकै लामो योजना बनाएका थिए ।

छोरी गार्डहरूको नजरबाट लुकेपछि दा सिल्भाले सिलिकन मास्क, नक्कली कपाल, चश्मा र छोरीले लगाएको गुलाफी टप र ब्रा लगाए अनि भाग्न खोजे । 

तर दा सिल्भाकी १९ वर्षीया छोरी अनौठो तरिकाले हिँडिरहेको अधिकारीहरूले देखेपछि रोके । 

उनीहरूले केरकार गरेपछि दा सिल्भा नै भएको थाहा पाए । 

त्यसपछि गार्डहरूले दा सिल्भाले लुगा खोलेको भिडियो बनाएर अन्लाइनमा राखे र त्यसको समाचार बन्यो । 

स्थानीय समाचारका अनुसार, दा सिल्भाले छोरीलाई जेलको कोठरीमा छोडेर आफू चाहिँ भाग्न खोजेका थिए । 

दा सिल्भाले छोरी आना गेब्रिएलले छोरीलाई कोठरीमा लुकाएर उनको कपडा लगाएर भाग्न खोजेका थिए ।

फेरि कारागारमै बस्न परेपछि दा सिल्भाले आत्महत्या गरेको बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्