२१ जेठ २०८३, बिहीबार

हङकङमा सैन्य कारवाही गर्ने बेइजिङको संकेत (भिडियो)

हङकङमा सैन्य कारवाही गर्ने बेइजिङको संकेत (भिडियो)

काठमाडौं – हङकङमा विरोधकर्ताहरू बेइजिङको विशाल शक्तिका अगाडि ध्वस्त हुने चेतावनी चीनले दिएको छ । 

सरकारविरोधी आन्दोलनमा सहभागी तीनजना युवाले मुकुण्डो लगाएर मंगलवार पत्रकार सम्मेलन गरेपछि बेइजिङको यो भनाइ आएको हो । 

बेइजिङले ती युवाको अभियानप्रति आपत्ति उठाउँदै आगोमा खेल्नेहरू त्यसैमा डढ्ने बताएको छ । यसबाट निकै भारी सैन्यशक्ति प्रयोग गरिने संकेत पाइएको छ । 

सैन्य तैनाथीका विषयमा प्रश्न गरिँदा चीनका हङकङ मामिला कार्यालयका एक प्रवक्ताले जनमुक्ति सेना बलियो शक्ति भएको र यसले देशका सबै भूभागको प्रतिरक्षा गर्ने बताए ।

चीनको हङकङ र मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुआङले बेइजिङमा पत्रकारहरूसँग कुराकानी गर्दै विरोधकर्ताहरूले परिस्थितिको गलत मूल्यांकन गर्न नहुने र चीनको संयमलाई कमजोरी ठान्न नहुने चेतावनी दिए ।

चीनविरोधी शक्तिहरूले पर्दापछाडि लुकेर चिनियाँ भूमिमा हिंसा मच्चाउन भड्काइरहेको याङले बताए । 

मंगलवार हङकङका तीन प्रदर्शनकारीले लोकतन्त्र, स्वतन्त्रता र समानताको पक्षमा धारणा राखे अनि बेइजिङपक्षीय नेताहरूको आलोचना गरे ।
उनीहरूले लोकतान्त्रिक आन्दोलनको प्रतीक बनेको पहेंलो हेल्मेट लगाएका थिए भने अनुहारमा मुकुण्डो लगाएर पहिचान लुकाएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्