काठमाडौं, १५ चैत– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका विषयमा विवाद बढ्दा काठमाडौंको प्रदर्शनीर्मास्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
झडपमा केही विद्यार्थी घाइते भएका जनाइएको छ ।
प्रहरीका अनुसार सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेवि संघलगायत केही विद्यार्थी संगठनले चुनाव विथोल्न खोजेपछि झडप भएको भएको हो ।
यद्यपी प्रहरीको कडा सुरक्षाका बीच आरआर क्याम्पसमा स्ववियु चुनावको मतदान जारी छ । मतदानमा न्यून संख्यामा मात्रै विद्यार्थीहरु उपस्थित रहेको जनाइएको छ । मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने जनाइएको छ ।