०८ असार २०८३, सोमबार

बिहानै त्रिशूलीमा खसेको बसमा सवार यी हुन् ४५ यात्रु

बिहानै त्रिशूलीमा खसेको बसमा सवार यी हुन् ४५ यात्रु
प्रतिकात्मक तस्वीर

सर्लाही – जिल्ला सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ भने १६ जनाको जीवित उद्धार गरिएको छ ।

मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रह्मपुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी पत्नी शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।

ना६ख ७४६९ सृष्टि डिलक्स शुक्रवार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट २ यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बसमा सवार हुनेमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित २ जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमारसहित ३ जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित २ जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित ३ जना, ब्रह्मपुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित ४ जना, मलंगवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलंगवा गणेशियाका भाग्यनारायण महतोसहित ३ जना, भारतका लरकवाका रामबाबु यादवसहित ३ जना, भारतका कुवारीका अजय ठाकुरसहित २ जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।

बस कर्मचारीमा चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ जनाको पहिचान भएको छ ।

पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

मलंगवा–९ स्थित रहेको सृष्टी बस काउन्टरमा अहिले बसमा सवार यात्रीको आफन्तको भीड लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्