काठमाडौं – दक्षिण भारतका तीन राज्यका साथसाथै महाराष्ट्रमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ ।
केही दिनयता भएको भारी वर्षाका कारण धेरैजनाले ज्यान गुमाएका छन् भने धेरैजना बेपत्ता छन् ।
वर्षाका कारण महाराष्ट्रको कोल्हापुर र सांगली जिल्ला नराम्ररी प्रभावित छ । विगत केही दिनयता १४ जनाको मृत्यु भइसकेको छ भने हजारौंजना विस्थापित भएका छन् ।
उता कर्नाटकमा पनि वर्षाका कारण नौजनाको मृत्यु भएको छ । तमिलनाडुका कैयौं जिल्लामा पनि वर्षाको प्रकोप जारी छ ।
केरलमा मुसलधारे वर्षा, चर्कोसँग चलेको हावा र भूस्खलनका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यहाँ १० जनाको मृत्यु भइसकेको छ । एकसय भन्दा बढी मानिसको उद्धार भइसकेको छ । उद्धारकार्य जारी छ ।
वर्षाका कारण केरलमा सबै विद्यालय शुक्रवार बन्द गरिएका छन् । त्यसबाहेक कोच्ची विमानस्थलमा आइतवार अपराह्न तीन बजेसम्मका लागि विमान सञ्चालन बन्द गरिएको छ । केरल राज्य विपत व्यवस्थापन प्राधिकरणका अनुसार,
बाढीमा फसेका २२ हजार १६५ मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।
एजेन्सी