२९ जेठ २०८३, शुक्रबार

चार दिनसम्म दुई चट्टानको बीचमा च्यापिएका व्यक्तिको उद्धार

चार दिनसम्म दुई चट्टानको बीचमा च्यापिएका व्यक्तिको उद्धार

काठमाडौं – कम्बोडियाको एक जंगलमा चमेराको मल खोज्न गएका एक व्यक्ति दुईवटा चट्टानमा चार दिनसम्म च्यापिएका छन् । उनलाई अहिले उद्धार गरिएको छ । 

सम बोरा नामक २८ वर्षीय ती व्यक्ति आइतवार आफ्नो टर्च खोज्ने क्रममा दुई चट्टानको बीचमा लडेका थिए ।

गुआनो भनिने चमेरोको मल खादका रूपमा उपयोग गरिन्छ र गरीब कृषकलाई आयको माध्यम बनेको छ ।

सम बोरा तीन दिनसम्म पनि नफर्किएपछि चिन्तित परिवारले उनलाई खोज्न थाले । 

उनका भाइले उनलाई भेटे अनि अधिकारीहरूलाई उनी च्यापिएको ठाउँको बारेमा जानकारी दिए । चक्री पहाडको जंगलमा बोरा चट्टानमाझ च्यापिएका थिए । 

लगभग २०० उद्धारकर्मीहरूले बोरालाई १० घन्टा लगाएर उद्धार गरे । चट्टानलाई ससाना टुक्रा पारेर उनलाई झिकिएको प्रहरीका मेजर सरेत विसेनले बताए ।

उनलाई बुधवार साँझ ६ बजे मुक्त गरियो । उनी अत्यन्तै कमजोर देखिएका थिए र उनलाई प्रान्तीय अस्पताल पुर्‍याइएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्