२८ जेठ २०८३, बिहीबार

प्रशासनको अवरोधप्रति व्यवसायीको आपत्ति : तीजमा अंकुश होइन, गरिखान देऊ !

साउन २५, २०७६
प्रशासनको अवरोधप्रति व्यवसायीको आपत्ति : तीजमा अंकुश होइन, गरिखान देऊ !

बुटवल – हिन्दू नारीको महान् पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको विज्ञप्तिप्रति व्यवसायीले आपत्ति जनाएका छन् ।

बुटवलमा शनिवार पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघले संयुक्त रुपमा आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएका हुन् । 

व्यवसाय गर्न पाउने अधिकार प्रशासनले खोस्न खोजेको व्यवसायीको भनाइ छ । व्यवसायमाथि घुमाउरो अंकुश लगाउन खोजिएको ५ नम्बर प्रदेश संयोजक तथा जिल्ला अध्यक्ष लक्ष्मण पोखरेलले बताए ।

प्रशासनले चाडबाडमा सुरक्षा व्यवस्था बढाउनुको साटो तीजको मर्म विपरीत संस्कृतिमाथि नै बन्देज लगाउन खोज्नु दुर्भाग्य भएको पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि होटल र पाटी प्यालेस बुकिङ गर्न शुरू गरिसकेको जानकारी आएको भन्दै होटल रेस्टुरेन्टमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदूषण हुने कार्य नगर्न आग्रह गरेको थियो ।                       

तीज लगायतका चाडबाडमा खासगरी शहरमा बसोबास गर्ने दाजुभाइ दिदीबहिनीको सबैको आफ्नो घर पनि नहुने र रमाइलो गर्ने खानपान गर्ने ठाउँ नै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस भएको व्यवसायीको भनाइ छ । चाडपर्वका बेला सुरक्षा सर्तकता बढाउन आग्रह गरेका छन् ।

प्रशासनको अनावश्यक कडाइले अर्बाैको लगानी डुब्ने सम्भावनालाई मध्यनजर गरिदिनुहुन कोषाध्यक्ष बलराम पौडेलको आग्रह छ । 

salt training

कमेन्ट गर्नुहोस्