०१ असार २०८३, सोमबार

राष्ट्रिय अनुसन्धानका कर्मचारी घुससहित पक्राउ

साउन २५, २०७६
राष्ट्रिय अनुसन्धानका कर्मचारी घुससहित पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डेलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

टोलीले शुक्रवार साँझ बुटवल ट्राफिक चोकबाट घरायसी सामान भित्र्याउन सहज बनाइदिने भन्दै ३ हजार रुपैयाँ घुस लिँदै गर्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेसहित अन्य १ जना विरेन्द्र बर्मा पनि पक्राउ परेको बताए ।

‘पाण्डे हाम्रो नियन्त्रणमा छन् । बर्मालाई प्रारम्भिक छानबिन भइरहेको छ । पाण्डेलाई हामी काठमाडौं अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाउने तयारी भइरहेको छ,’ उनले भने ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्