२४ जेठ २०८३, आइतबार

चीनमा लेकिमा आँधी आएपछि २८ जनाको मृत्यु, दश लाखजना विस्थापित

चीनमा लेकिमा आँधी आएपछि २८ जनाको मृत्यु, दश लाखजना विस्थापित

काठमाडौं – चीनमा लेकिमा आँधी आएपछि कम्तीमा २८ जनाको मृत्यु भएको अनि दश लाखभन्दा बढी मानिसले थातथलो छोडेर जान बाध्य हुनुपरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

अधिकारीहरूले आँधीपछि आएको पहिरोका कारण २८ जनाको मृत्यु भएको बताएका छन् । दशजना मानिस हराइरहेको बताइएको छ । 

लेकिमा आँधी शनिवार बिहान ताइवान र चीनको आर्थिक  राजधानी शांघाईको बीचमा रहेको वेनलिङमा आइपुगेको थियो । 

आँधी जमीनमा आइपुगेपछि वेन्चोमा पहिरो आएको सरकारी मिडियाले बतायो । भारी वर्षाका कारण बनेको प्राकृतिक बाँध भत्किएपछि पहिरो गएको थियो । 

आपतकालीन टोलीहरूले बाढीका कारण फसेका गाडीचालकहरूलाई बचाउन संघर्ष गर्नुपरेको थियो । उनीहरूले क्षतिग्रस्त भवनको भग्नावशेषबाट जीवित मानिसको खोजी गरेका थिए । आँधीका कारण धेरै रुख ढलेका छन् भने विद्युत् आपूर्ति ठप्प भएको छ । 

अधिकारीहरूले एक हजारभन्दा बढी उडान रद्द गरेका छन् र ट्रेन सेवा पनि रद्द गरेका छन् । शांघाईको डिज्नील्यान्ड पनि दिनभरिका लागि बन्द गरिएको छ । 

आँधी शांघाई शहर आइपुग्दा कमजोर हुँदै जाने तर यसले खतरनाक बाढीको जोखिम ल्याउने सम्भावना छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्