२८ जेठ २०८३, बिहीबार

इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

काठमाडौं– प्रतिनिधि सभा संसदको विकास तथा प्रविधि समितिले इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले निर्माणाधीन सडकमा वर्षामा आउन सक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश दिएको हो ।

बैठकले दशैँ, तिहार, छठ, ल्होसार, ईदलगायतका चाडपर्व नजिकिँदै गएको सन्दर्भमा हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक एवं पुल प्राथमिकताका आधारमा सञ्चालनमा ल्याएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्