१९ असार २०८३, शुक्रबार

तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा

तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा

तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । 

उक्त बिस्फोटमा अरु ७० जनाभन्दा बढी घाइते भएका थिए । 

आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपतिको कार्यालयका संचार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको छ ।  

“शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” वक्तव्यमा लेखिएको छ । राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रुपमा प्रधानमन्त्री कास्सीम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी दिएका छन् । घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ । 

शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएका छन् । अन्य केही संचार माध्यमले पनि मृत्यु हुनेको संख्या ६४ पुगेको लेखेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुको भनाइ

salt training

कमेन्ट गर्नुहोस्