२८ असार २०८३, आइतबार

नेदरल्यान्ड्समा अत्यधिक गर्मीका कारण ४०० जनाको मृत्यु

नेदरल्यान्ड्समा अत्यधिक गर्मीका कारण ४०० जनाको मृत्यु

काठमाडौं – युरोपमा लू चलेका कारण तापक्रम कीर्तिमान रूपमा भंग भएको छ । नेदरल्यान्ड्समा मात्र एक हप्तामा ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । 

नेदरल्यान्ड्सको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू भएको सातामा दुई हजार नौ सय ६४ मानिस मारिएको जनाएको छ । 

युरोपभरि तापक्रम बढेकोले कीर्तिमान भंग भइरहेको छ । तापक्रमको रेकर्ड राख्न थालिएदेखि पहिलोपटक नेदरल्यान्ड्समा जुलाई २५ मा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । 

सन् २००६ मा पनि नेदरल्यान्ड्समा दुईपटक लू चलेको थियो र त्यतिखेर पनि यति नै संख्यामा मानिसको मृत्यु भएको थियो । 

८० वर्ष वा त्यसभन्दा माथिका थप ३०० मानिसको मृत्यु भएको छ । 

अधिकांश मृत्यु देशको पूर्वी भागमा भएको छ । त्यहाँ तापक्रम अन्तभन्दा बढी छ र देशका अन्य भागमा भन्दा लू बढी चलेको छ । 

नेदरल्यान्ड्सको जनसंख्या लगभग एक करोड ७० लाख छ । 

‘संसारभरि नै जुलाई महिनामा सबभन्दा धेरै गर्मी हुन्छ । हाम्रो तथ्यांकअनुसार यसपालिको जुलाई अहिलेसम्मकै सबभन्दा गर्मी हो,’ कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अध्यक्ष जीन–नोएल थेपाउटले वक्तव्य जारी गर्दै बताए । ‘हरितगृह ग्यास उत्सर्जन र त्यसले गर्दा संसारभरि तापक्रम वृद्धि भएकाले यस्ता कीर्तिमानहरू भविष्यमा पनि तोडिनेछन् ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्