
काठमाडौं – जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ । ईद–उल–अजहामा पनि सम्बन्धमा तिक्तता देखिएको छ ।
अटारी वाघा बोर्डरस्थिर भारत पाकिस्तान सीमामा भारतले पाकिस्तानलाई मिठाइ उपहार दिएको थियो तर पाकिस्तानले लिन मानेन । यसअघि पाकिस्तानले सम्झौता र थार एक्सप्रेसका साथ लाहौर बस सेवा बन्द गरिदिएको थियो ।
ठूलो पर्वमा दुई पक्षले एकअर्कालाई मिठाइ दिने गर्छन् । तर पाकिस्तान अहिले भारत सरकारको निर्णयबाट चिढिएको छ ।
भारत बंगलादश सीमामा चाहिँ बकरीद धुमधामसँग मनाइयो । फुलबाडीमा सीमा सुरक्षा बलले सोमवार बोर्डर गार्ड्स बंगलादेशसँग मिठाइ साटासाट गरेको छ ।
एजेन्सी