
सिंगापुरको चांगी एयरपोर्ट संसारको सबभन्दा सुन्दर विमानस्थल बन्ने तयारी गरिरहेको छ । यसलाई देखेर जोकोही खुशी हुने पक्का छ ।

यस विमानस्थलमा ठूलो स्टेडियम जत्रो इलाकामा धेरैथरी सुन्दर रुखबिरुवा लगाइनेछ । अनि यहाँ सुन्दर कृत्रिम पानीका झरना पनि हुनेछन् ।

यो १० तल्ले हुनेछ र भित्रपट्टि प्राकृतिक वातावरणले भरिएको दृश्यावली हुनेछ । यहाँ होटेल, शपिङ सेन्टर र बच्चाहरूका लागि पार्कको सुविधा पनि हुनेछ ।
यहाँ आउटडोर गतिविधि पनि हुनेछ ।

सुन्दर झरनाको आवाज सुमधुर हुनाले मानिसको मूड फ्रेश हुनेछ । यहाँको झरना ४० मिटर अग्लो हुनेछ र अहिलेसम्मकै सबभन्दा ठूलो कृत्रिम झरना हुनेछ । यसैसँग रेस्टुरेन्ट र आराम गर्ने ठाउँ पनि हुनेछ ।
रातिपख झरनामा लाइट एन्ड साउन्ड शो पनि चलाइनेछ । यो दृश्य मनोहारी हुनेछ । त्यतिखेर झरना रंगीन हुनेछ र रंग संगीतको तालमा झुमिरहेको देखिनेछ ।

एयरपोर्टभित्र ससाना नदीहरू पनि हुनेछन् जसकारण यहाँको दृश्य झन् प्राकृतिक र सुन्दर देखिनेछ ।
सिंगापुरलाई गार्डन सिटी भनेर चिनिन्छ र यो विमानस्थल बनेपछि त देशको सुन्दरता झन् बढ्नेछ ।
एजेन्सीको सहयोगमा