
सोलुखुम्बु – नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ ।
चीनमा निर्मित विमानले मंगलवार पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको जहाजले ओखलढुंगाको रुम्जाटारमा पनि मंगलवारै उडान भरेको निगमका ‘अपरेसन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जनाकारी दिए ।
विक्रम संवत् २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा ४ ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उनको भनाइ थियो ।
हाल जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।