०२ साउन २०८३, शनिबार

भारतीय सिनेउद्योगका दुई ठूला फिल्म, लगानी ७०० करोड, कमाइ १४०० करोड भारु

कात्तिक २०, २०७४
भारतीय सिनेउद्योगका दुई ठूला फिल्म, लगानी ७०० करोड, कमाइ १४०० करोड भारु

काठमाडौं — भारतीय सिने इतिहासमा केही फिल्मले प्रदर्शनपछि इतिहासको पृष्ठमा नाम दर्ता गराएका छन् । सफलता वा असफलताको सवालमा उनीहरूले नाम लेखाएका हुन् ।


अहिलेको समयमा चाहिँ दुई यस्ता फिल्म छन् जसको प्रदर्शन भइसकेको छैन तर पहिल्यै उनीहरूको नाम इतिहासमा दर्ता भइसक्यो ।

यी दुवै फिल्म प्राविधिक श्रेष्ठताका साथसाथै भिन्न कथानकका कारण आजकल खुबै चर्चामा छन् ।

दुवैको बजेट पनि ठूलो छ अनि क्यानभास र छायांकन पनि भव्य छ ।

यी दुवै दक्षिण भारतीय फिल्म हुन् ।

एस राजामौलीको बाहुबली २ र शंकरको २.० को यहाँ हामी कुरा गरिरहेका छौं । बक्स अफिसमा ब्लकबस्टर कमाइभन्दा पहिले नै यी दुई फिल्मले आफूलाई ऐतिहासिक फिल्मको सूचीमा चढाइसकेका छन् ।

बाहुबलीले धेरै पैसा कमाएकोमा बाहुबली २ ले पनि कमाउने त देखिएकै छ । अनि २.० मा रजनीकान्त र अक्षय कुमारको तालमेलले यसलाई हेर्नैपर्ने फिल्म बनाइदिएको छ ।

२.० को बजेट ४५० करोड भारु छ भने बाहुबली २ को २५० करोड भारु ।

अहिले नै स्याटेलाइट्स राइटहरू बेचेर यी फिल्मले लगानी उठाइसकेका छन् र बक्स अफिसमा धमाका गरेर अझै धेरै पैसा कमाउने लक्षण यिनीहरूले देखाएका छन् । ट्रेड विश्लेषकहरूले यी फिल्मको कमाइ १४०० करोड भारु हुने अनुमान लगाएका छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्