०२ असार २०८३, मंगलबार

प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

साउन २८, २०७६
प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

बुटवल – प्रदेश ५ लोक सेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले भट्टराई शपथ गराएका हुन् । 

प्रदेश प्रमुखको उपस्थितिमा उनलाई पोखरेलले शपथ गराएका थिए । सन्धिखर्क नगरपालिका–१० अर्घाखाँचीका स्थायी वासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । 

प्रदेश लोक सेवा आयोगको कार्यालय पनि मन्त्रिपरिषद् बैठकले बुटवलमा तोकेको छ । हाटबजारस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै नजिकै रहेको भवनमा लोक सेवा आयोगको कार्यालय तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्