समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ ।
पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्ण बहादुर महरा समक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
राजनीतिक वृत्तमा सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालाई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ ।
मुलधारको राजनीतिमा आएका सीके राउतलाई संसदमा ल्याउनैको लागि सो सिट खाली गराइएको आशंका समेत गर्न थालिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।