२५ असार २०८३, बिहीबार

मेस्सीमाथि चार खेलको प्रतिवन्ध, अर्जेन्टिना संकटमा

कात्तिक २०, २०७४
मेस्सीमाथि चार खेलको प्रतिवन्ध, अर्जेन्टिना संकटमा
एजेन्सी, १५ चैत- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीमाथि चार खेलको प्रतिवन्ध लागेको छ ।messi_1

रुसमा सन् २०१८ मा हुने विश्वकप छनोट अन्तर्गत शुक्रबार चिलीसँग भएको खेलमा म्याच अफिसियलमाथि मेस्सीले अभद्र व्यवहार गरेको आरोप लागेको छ ।
खेलको दौरान मेसीले लाइन्स म्यान मार्सेलो भानलाई अभद्र गाली गरेको बीबीसीले जनाएको छ । चिलीलाई पराजित गरेको खेलमा अर्जेन्टिनाका लागि मेस्सीले एक गोल गरेका थिए ।
उनलाई ८ हजार १ सय पाउण्ड समेत जरिवाना गरिएको छ ।
चार खेलको प्रतिवन्धसँगै भोलि बोलिभियासँग हुने खेल उनले गुमाउने छन् ।
मेस्सीलाई दक्षिण अमेरिकी फुटवलको प्रशासकिय निकायमा उनीमाथि आरोप समेत दर्ता भएको छ ।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिना सन् २०१८ को विश्वकप छनोटका लागि संघर्ष गर्दै गर्दा मेस्सीमाथि खेल प्रतिवन्ध लागेको छ । जसले अर्जेन्टिनी फुटवल थप संकटमा परेको छ ।
अब मेस्सीले उरुग्वेको घरेलु मैदानमा हुने खेल, र गृह मैदानमा हुने भेनेजुएला र पेरुको खेलसमेत गुमाउने छन् ।
अर्जेन्टिना १० टोली सहभागी भएको दक्षिण अमेरिकी समूहमा १३ खेल खेल्दै २२ अंक सहित तेस्रो स्थानमा छ । कोलम्बिया, इक्वेडर र चिली क्रमश २१, २०, २० अंकसहित चौंथो, पाँचौं र छैंठौं स्थानमा रहेका छन् ।
अन्तिम चारमा पर्ने टोली स्वत रुस विश्वकपमा छनोट हुनेछन् भने पाँचौ स्थानमा रहेनेले प्लेअप खेल्नु पर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्