
काठमाडौं– सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा कार्यरत नायब सुब्बा बच्चुराम केसी मृत अवस्थामा भेटिएका छन् ।
बिहान कार्यालय खुल्दा केसी अनुगमन तथा मूल्यांकनको हलमा ढलिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

केसी प्रशासन शाखामा कार्यरत थिए । उनी मृत अवस्थामा भेटिएको स्थानमा केराका बोक्राहरू पनि भेटिएका छन् ।
आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि मृत्युको कारण खुल्न बाँकी छ ।