२८ जेठ २०८३, बिहीबार

तयारी नपुगेको भन्दै स्थगित भयो नेकपा सचिवालय बैठक

तयारी नपुगेको भन्दै स्थगित भयो नेकपा सचिवालय बैठक
फाइल फोटो

काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

अपराह्न ४ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए ।

बैठकका लागि नेताहरू बालुवाटार पुग्नेक्रम शुरू भइसकेको थियो । त्यसबीचमा महासचिव विष्णु पौडेल बैठक स्थगित भएको सन्देश सहित आएका थिए ।

यसैबीच आजै प्रधानमन्त्रीको आह्वानमा सर्वदलीइ बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूलाई साँझ ५ बजे बालुवाटार बोलाएका छन् ।

बैठकमा संक्रमणकालीन न्यायका मुद्दाहरू सहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्