
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर मुद्दाप्रति विशेष चासो राख्दै भारत र पाकिस्तानलाई आपसी तनाव कम गर्न आग्रह गरेका छन् ।
ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पालैपालो फोन गरेर त्यस्तो आग्रह गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।