०३ असार २०८३, बुधबार

अस्ट्रेलियामा १० हजार भन्दा बढी डलर नगदमा कारोबार गर्नेलाई २ वर्षसम्म जेल

भदौ ४, २०७६
अस्ट्रेलियामा १० हजार भन्दा बढी डलर नगदमा कारोबार गर्नेलाई २ वर्षसम्म जेल

काठमाडौं– अस्ट्रेलियाले नगदमा हुने कारोबारलाई निरुत्साहित गर्ने उद्देअश्यले कडा नियम ल्याउने भएको छ । 
प्रस्तावित नयाँ कानुनअनुसार १० हजार भन्दा बढीको नगद कारोबार गर्नेलाई २ वर्षसम्म जेल सजाय र २५ हजार डलरसम्म जरिवाना हुने भएको छ । 
सरकारले संसदमा प्रस्तुत गर्न लागेको यस नयाँ कानुनमा उक्त रकम बराबरको वा सो भन्दा माथि कारोबार गर्नुपरे विद्युतीय प्रणालीको प्रयोग गर्नुपर्ने वा चेकको माध्यमबाट कारोबार गर्नुपर्नेछ। 
सरकारले २०१८–०१९ को बजेट भाषणमा नगद कारोबारलाई १० हजारमा सीमित बनाउने घोषणा गरेको थियो । सोही घोषणाअन्तर्गत व्यवहारमा ल्याउन लागिएको यस नियमको विभिन्न पक्षहरुबाट विरोध समेत गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्