३० जेठ २०८३, शनिबार

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ
फाइल फोटो

वासिङ्टन– अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।

स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो । मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिहरुको सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीहरुलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको हो ।

एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेका र उनको साथमा रुगर पी९० ह्यान्डगन रहेको फेला परेको थियो ।

म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया ९मनोरोग०बाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थ समेत सेवन गर्ने गरेको बताइन् । 

अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्