३१ असार २०८३, बुधबार

अमेरिकामा जन्मजात नागरिकता नदिने विषयमा विचार गरिरहेको ट्रम्पको भनाइ

अमेरिकामा जन्मजात नागरिकता नदिने विषयमा विचार गरिरहेको ट्रम्पको भनाइ

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा जन्मजात नागरिकता अन्त्य गर्ने विषयमा गम्भीरताका साथ विचार गरिरहेको बताएका छन् । 

मातापिता अमेरिकी नागरिक नभएका व्यक्ति अमेरिकामै जन्मेको भए पनि उनीहरूलाई दिइने जन्मजात नागरिकता अबदेखि नदिनका लागि विचार गरिने ट्रम्पको भनाइ छ । 

ट्रम्पले भने, ‘हामीहरू जन्मजात नागरिकताका विषयमा गम्भीरतापूर्वक विचार गरिरहेका छौं । स्पष्ट भन्दा यो बकवास हो । हाम्रो जमीनमा आएर तपाईं बच्चा जन्माउने अनि त्यो सीधै अमेरिकी नागरिक हुने ? हामी यसमा गम्भीरतापूर्वक विचार गरिरहेका छौं ।’

ट्रम्पले सन् २०१६ मा राष्ट्रपति पदको चुनाव प्रचारका बेलामा नै जन्मजात नागरिकता अन्त्य गर्ने कुरा बताएका थिए । अमेरिकामा जन्मिनेबित्तिकै जन्मजात नागरिकता दिइने पक्षमा आफू नरहेको उनको भनाइ थियो । राष्ट्रपति बनेपछि आफूले यसलाई हटाउन गम्भीर प्रयास गर्ने उनको तर्क थियो ।

आप्रवासी र शरणार्थीहरूका विरुद्ध ट्रम्पले कठोर दृष्टिकोण अपनाउने गरेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्