काठमाडौं, १६ चैत – चलचित्र समीक्षक समाजको अध्यक्षमा समीक्षक यज्ञश पुनः निर्वाचित भएका छन् ।

सोमबार भएको अधिवेशनमा उपाध्यक्षमा दीपेन्द्र लामा र शीला खत्री त्यस्तै महासचिवमा सामिप्यराज तिमिल्सिना, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा सावित्री ढकाल चयन भएकी छिन् ।
त्यस्तै सदस्य पदमा सुकृत नेपाल, प्रभाकर गौतम, बन्दना राई, सजना बराल, सेवा भट्टराई र समुद्रराज घिमिरे चयन भएका छन् ।
सल्लाहकारमा रमण घिमिरे, डा. प्रदीप भट्टराई, नवीन सुब्बा, रविन नेपाली, राजेन्द्र सलभ, दीपक मानन्धर, अनुप सुवेदी र केन्द्रीय पार्षदमा रमण घिमिेर, स्मृति ढुंगाना, नारायण अमृत, ईश्वर रौनियार, क्रन्दन चापागाईं र विनय देवकोटा चयन भएका छन् । त्यस्तै प्रदेश र्पाषदमा अच्युत कोइराला, जनक तिमिल्सिना, घिमिरे युवराज, कमलकुमार, भीम खरेल र लेनिन बन्जाडे चयन भएका छन् ।