०८ साउन २०८३, शुक्रबार

सुन प्रतितोला रु एक हजारले घट्यो

सुन प्रतितोला रु एक हजारले घट्यो
फाइल फोटो

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो । 

चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्