०१ साउन २०८३, शुक्रबार

धान उत्पादनमा वृद्धि हुने अनुमान

धान उत्पादनमा वृद्धि हुने अनुमान

बैतडी– यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो । 

आर्थिक वर्ष २०७५/०७६ मा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्दका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। गत वर्षभन्दा १५ प्रतिशत तथा दुई हजार ५०० मेट्रिक टन उत्पादन बढी हुने अनुमान गरिएको उनले बताए।

यो वर्ष उन्नत जातको धानको बीउ वितरण गरी प्रयोगमा ल्याइएकाले धान उत्पादन बढी हुने अनुमान गरिएको चन्दको भनाइ रहेको छ । यसका साथै समय समयमा वर्षासमेत भइरहेकाले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । यसैबीच जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । 

वर्षमा तीन खेती गर्ने महाकाली र चमेलिया किनारलगायतका बँेसी क्षेत्रमा यो हप्ता मात्रै रोपाइँ सम्पन्न भएसँगै जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थान, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीका पकेट क्षेत्र हुन् । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्