
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले गत साउन ०६ गते सोमवारदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्र भदौ १३ गते शुक्रवार ३० लाख कित्ता ऋणपत्रमा समानुपातिक रुपले बाँडफाँड भएको छ ।
बैंकले ऋणपत्रको लागि आवेदन दिने सम्पूर्ण लगानीकर्तालाई धन्यवाद समेत ज्ञापन गरेको जनाइएको छ ।
सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको जनाइएको छ ।
बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखा र १२१ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २५७ स्थानबाट ७ लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर १५८ वटा एटीएम सञ्चालनमा रहेको छन् ।