०४ असार २०८३, बिहीबार

सेजन अध्यक्षमा गौतम विजयी

सेजन अध्यक्षमा गौतम विजयी

काठमाडौँ–नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमिति चयन भएको छ । सेजनको शनिबार सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

    अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ । यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् । 

    अधिवेशनको आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए । 
उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्