०४ साउन २०८३, सोमबार

खतरामा कोहलीको 'टेस्ट र्‍याङ्किङ'

खतरामा कोहलीको 'टेस्ट र्‍याङ्किङ'

एजेन्सी- भारतीय टीमका कप्तान तथा टेस्ट क्रिकेटका शीर्ष स्थानका ब्याट्स्‌म्यान विराट कोहलीको 'टेस्ट र्‍याङकिङ'मा खतरा देखिएको छ । 

कोहली अहिलेसम्म संसारकै 'नम्बर वान' टेस्ट ब्याट्स्‌म्यान हुन् । हालै आईसीसीद्वारा जारी टेस्ट र्‍याङकिङमा विराट शीर्षस्थानमै यथावत छन् जबकी स्टिभ स्मिथ चौथो स्थानबाट दोस्रो स्थानमा उक्लिसकेका छन् । 

विराट कोहलीको ९१० रेटिङ छ भने स्टिभ स्मिथको ९०४ छ । बल टेम्परिङको मामिलामा एक साल प्रतिबन्ध खेपेका स्मिथ टेस्टमा फर्किसकेका छन् । 

स्मिथ अब कोहलीका लागि खतरा बनेका छन् । उनी कोहलीको स्थानमा आउन सक्ने सम्भावना पनि बलियो छ । उनी कोहलीभन्दा मात्र ६ अंकले पछाडि भएका कारण पनि शीर्षस्थानमा केही फेरबदल हुन सक्ने सम्भावना छ ।

विराट कोहलीको कुरा गर्ने हो भने वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिजम अहिलेसम्म मात्र १३६ रन बनाएका छन् । 

उता स्टिभ स्मिथले एशेज सिरिजको दुई टेस्टमा ३७८ रन बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्