०८ असार २०८३, सोमबार
एटिएमको सुरक्षा–चुनाैती

एटिएममा चिनियाँ ह्याकरको हमलाः राष्ट्र बैंक भन्छ- सर्वसाधारणको पैसा सुरक्षित छ

एटिएममा चिनियाँ ह्याकरको हमलाः राष्ट्र बैंक भन्छ- सर्वसाधारणको पैसा सुरक्षित छ

काठमाडौं– चिनियाँ ह्याकरहरुले लुटेको बैंकको पैसा निक्षेपकर्ताको नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले निक्षेपकर्ताहरुको पैसा नलुटिएको लोकान्तरलाई जानकारी दिए । 

निक्षेपकर्ताहरुको पैसा नलुटिएको बताउँदै उनले बैंककै आफ्नो पैसा लुटिएको स्पष्ट पारे । उनले निक्षेपकर्ताहरुको खाता सुरक्षित भएको दावी समेत गरे । उनले भने, निक्षेपकर्ताहरुको खाता सुरक्षित छन्, चिन्ता लिनुपर्दैन । 

बैंक तथा वित्तीय संस्थाहरुले आफुलाई सुरक्षित गर्नेतर्फ लाग्नुपर्ने बताउँदै प्रवक्ता निरौलाले प्रविधिमा सुरक्षा अपनाउनुपर्नेमा जोड दिए । उनले भने, बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिमा अधिकतम लगानी गर्नुपर्छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरु असुरक्षित रहेको बताउँदै उनले सिस्टमलाई अपग्रेड गर्न सुझाव दिए । 

बैंक तथा वित्तीय संस्थाहरुको एटिएम सेवा अहिले निर्वाध रुपमा सञ्चालन भैरहेको समेत उनले जानकारी दिए । निक्षेपकर्ताहरुका लागि कुनै असुरक्षा नभएको भन्दै उनले चिन्ता लिनुनपर्ने बताए । उनले भने, अहिले बैंक तथा वित्तीय संस्थाहरुका सबै एटिएम चलिरहेका छन्, कुनै बैंकको नचलेको होला, त्यो पनि केहीबेरमा चल्छ ।’

प्रवक्ता निरौलाका अनुसार, अहिले राष्ट्र बैंकमा बैंकर्सहरुसँग बैठक चलिरहेको छ । 

एटीएम ह्याकिङ गर्दै गरेको अवस्थामा गएराति काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ नागरिक पक्राउ परेपछि आइतवार केहीबेर बैंकहरुको एटिएम सेवा बन्द गरिएको थियो ।

ह्याकरहरूलाई पक्राउ गरेर अर्बौं रुपैयाँ जोगाउन सफल भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनीहरूको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको प्रहरी परिसर काठमौंका प्रवक्ता उत्तम सुवेदीले बताए ।

चिनियाँ ह्याकरहरुले विभिन्न १४ बैंकका एटीएम ह्याक गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ह्याकरहरु बैंक लुटेर भोलि नै चीन फर्कने योजनामा रहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्