०७ साउन २०८३, बिहीबार

प्रहरीले सार्वजनिक गर्‍यो बैंक लुट्ने चिनियाँ ह्यकर, यी हुन् लुटिएका एटीएम

भदौ १५, २०७६
प्रहरीले सार्वजनिक गर्‍यो बैंक लुट्ने चिनियाँ ह्यकर, यी हुन् लुटिएका एटीएम

काठमाडौं– नेपालका तीन वाणिज्य बैंकका एटीएमबाट रकम निकाल्नमा संलग्न चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतवार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन् ।

उनीहरूको साथबाट प्रहरीले १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

नक्कली भिसामा नेपाल छिरेका ह्याकरहरू रकम लिएर भोलि नै चीन फर्किने तयारीमा रहेको खुलेको प्रहरीले जानकारी दियो । 

कमेन्ट गर्नुहोस्