२९ असार २०८३, सोमबार

बाटोमा बिजुलीको पोल ढलेर झण्डै दुर्घटनामा परिन् यी महिला (भिडियो)

बाटोमा बिजुलीको पोल ढलेर झण्डै दुर्घटनामा परिन् यी महिला (भिडियो)

काठमाडौं – दक्षिणी थाइल्यान्डको क्राबीमा हावाहुरी र पानीका कारण बिजुलीका पोलहरू ढलेका छन् । 

त्यसै क्रममा अफिस जानका लागि सडकमा कार गुडाइरहेकी फानिदा खाओलुङको कारमा बिजुलीको पोल झण्डैले ठोकिएको छ । 

घटना बिहीवार भएको हो । कारको ड्याशक्याम फूटेजमा फानिदाले होश गरेर बिस्तारै गाडी चलाएको देखिन्छ । 

तर हावाहुरीले एउटा बिजुलीको पोल लडाएपछि अरू ११ वटालाई लतार्दै लगेको थियो । हाई भोल्टेजका तारहरू सीधै फानिदाको कारमा बज्रिन आइपुगेका थिए । 

फानिदा यस घटनामा चमत्कारी तवरले बाँच्न पुगिन् र गाडीबाट घस्रेर निस्कन सफल भइन् । अनि उनले आपतकाली सेवाका मानिसहरूलाई बोलाइन् । 

उनले भनिन्, ‘म त मर्छु जस्तो लागेको थियो । पोलहरू मेरो गाडीमा ढलेको मात्र देखें । प्रतिक्रिया दिने समय नै भएन । म चिच्याएँ अनि आँखा बन्द गरें । आँखा खोल्दा म जिउँदै थिएँ । म कारबाट बाहिर भागें अनि बेतोडले दौडिएँ ।

बिजुलीको करेन्ट लाग्ला भनी मलाई डर लाग्यो ।’

उक्त घटनामा १२ वटा पोल लडेको अधिकारीहरूले बताए । त्यसले गर्दा उक्त क्षेत्रका घन्टौंसम्म विद्युत् आपूर्तिमा अवरोध पुगेको थियो ।

केबलहरू नचुँडिएकाले फानिदाको कारमा करेन्ट प्रवाह नभएको अधिकारीहरूले बताए ।

एजेन्सी

कमेन्ट गर्नुहोस्